• vacancy ad
  • टी–२० विश्वकप : दक्षिण अफ्रिका विजयी, वेस्ट इन्डिजको लगातार दोस्रो हार

  • Ad Space available
  • काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ ।

    दुबईमा मंगलबार साँझ भएको खेलमा दक्षिण अफ्रिकाले साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

    ad space

    वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

    दक्षिण अफ्रिकाको जितमा एडिन माक्रमले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने रस्सी भान डेर डुसेनले अविजित ४३ रन जोडे ।

    यसैगरी रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए ।
    वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रनको योगदान दिए भने काइरन पोलार्डले २६, लेन्डल सिमोन्सले १६ तथा क्रिस गेल र निकोलस पुरनले १२÷१२ रन बनाए ।
    दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरिउसले ३ र केशव महाराजले २ विकेट हात पारे ।

    जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा २ अंक जोडेको छ । दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिज भने पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय