
प्रदेश २ सरकारले पर्सा वीरगञ्जकी एसिड पीडित मुस्कान खातुनको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनको थप उपचारका लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।
यसअघि खातुनको उपचारका लागि संघीय सरकारले पनि तीन लाख सहयोग उपलब्ध गराएको थियो ।
यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा तीन लाख सहयोग गरेको थियो ।
यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि पाँच लाख सहयोग गरेको थियो ।
सिफारिस
लोकप्रिय