• vacancy ad
  • एमाले नेता चौलागाईंको निधन

  • Ad Space available
  • काठमाडौं । एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ ।
    एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका अनुसार मंगलबार साँझ उनको निधन भएको हो । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत थिए ।

    एमाले पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद थिए ।
    काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय