• vacancy ad
  • प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार, केपी ओलीलाई धक्का

  • Ad Space available
  • काठमाडाैँ । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।

    ‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय