काठमाडौं । सर्वोच्च बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गरेको छ ।
सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीस राणाले सरकारमा भागबण्डा मागेको विषय बाहिरिएपछि उनी अप्ठ्यारोमा परेका छन् ।
सर्वोच्च बारले न्यायालयमाथि प्रश्न उठ्नुमा प्रधानन्यायाधीस राणा जिम्मेवार रहेको भन्दै उनले निकास निकास दिनुपर्ने बताएको हो ।
सोमबार नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो ।
सर्वोच्चका १४ जना न्यायाधीसले समेत आज इजलासमा नगइ छलफल गरेका थिए । उनीहरूले प्रधानन्यायाधीस राणाले बोलाएको फुल कोर्टसमेत बहिस्कार गरेपछि बैठक बस्न सकेन ।
सिफारिस
लोकप्रिय


