एजेन्सी। रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ ।
रूसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ ।
रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।
रूसमा कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा कोरोनाबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको जनाएका छन् ।
सिफारिस
लोकप्रिय


