नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सार्ने भएको छ । पार्टी कार्यालय सार्नका लागि नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज सम्झौता भएको हो ।
प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि एमालेका हरेकजसो बैठक सोही भवनमा हुँदै आएका थिए ।
एमालेले केन्द्रीय कार्यालबाट गर्दै आएका सबै काम अब प्रतिष्ठान भवनबाट गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
‘नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी । अब केही समयपछिदेखि एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन्,’ महासचिव पोखरेलले फेसबुक पेजमा लेखेका छन् ।
सिफारिस
लोकप्रिय


