• vacancy ad
  • भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट दिए राजीनामा

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेमा गत असारमा भएको १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

    १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले शुक्रबार स्थायी कमिटी बैठकमा राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि नबढेको भन्दै रावलले राजीनामा दिएका हुन्।

    कार्यदलमा भएको छलफल र पार्टीको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नभएको उनले बताए ।

    स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिबारे फरक मत राखेका छन्।

    सिफारिस
    लोकप्रिय