नेकपा (एमाले) सचिव योगेश भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई उच्च ज्वरो आएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना गरिएको हो ।
उनका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेको तर ज्वरो कम नभएपछि आज दिउँसो वीर अस्पतालमा भर्ना गरिएको हो ।
भट्टराईलाई १०२ डिग्री ज्वरो मापन गरिएको तर उनको कोरोना परीक्षण रिपोर्ट भने ‘नेगेटिभ’ आएको उनले बताए । चिकित्सकले केहीदिन भेटघाट बन्द गर्न सुझाव दिएका छन् ।
सिफारिस
लोकप्रिय


