• vacancy ad
  • एमालेको महाधिवेशन चितवनमा, यस्तो छ मूल व्यवस्थापन समिति (सूचीसहित)

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

    चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा अधिकांश चितवनकै नेताहरु समेटिएका छन् ।

    ad space

    समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

    ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय