• vacancy ad
  • अष्टलक्ष्मीलाई सत्ताको लोभ, प्रदेशसभाको बैठक कार्तिक १० सम्म स्थगित

  • Ad Space available
  • हेटाैडा। बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद थप ६ दिन लम्बिएको छ।

    बिहीबारको बैठकमा विश्वासको मत मागेकी उनको प्रस्तावमाथि छलफल नगरी प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि स्थगित गरेका छन्।

    ad space

    एमाले विभाजनसँगै अल्पमतमा परेकी शाक्यले चरम पदलोलुपता देखाएकी छन्। सोही अनुसार मुख्यमन्त्री शाक्यले एमालेकै सभामुखमार्फत विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याएर सरकारको आयु केही दिन बढाएकी हुन्।

    प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक बैठक भने ६ दिनपछि सारिएको हो।

    बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको थियो। तर मतदानमा नलगी सभामुख श्रेष्ठले बैठक स्थगित गरेका हुन्।

    विपक्षी गठबन्धनका नेताहरूले सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपार्न चेतावनी समेत दिएका छन्।

    विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेलाई अघि सारेका छन्। प्रदेशसभामा विपक्षी गठबन्धन बहुमतमा छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय